त्यो मुख !

 सन्मुख हुँदा त्यो मुख
किन हजूरको मीठो मात्र बोल्छ ?
विमुख हुँदा त्यै मुख
किन नजरको तीतो मात्र ओकल्छ ?
थाक्दैन अगाडि त्यो मुख
किन रोजी रोजी मीठो मात्र बोल्न ?
चुक्दैन पछाडि उही मुख
किन खोजी खोजी खराब मात्र खोतल्न ?
अमृत राखी अलिकति मुखमा
किन बोल्छ मधुरवाणी समीपमा ?
विषघडा बन्छ उही मुख
किन छाड्दैन विष घोल्न पेटमा  ?
मान्छे उही, मुख उही हजूरको
किन गिद्धको शरीरमा पखेटा मुजुरको ?
कहिले छेपाराको र जस्तो
किन कहिले चिप्लेकीराको सिङ् जस्तो ?



Comments