सहमति !

 सहमतिका लागि
सहमतिबाट सहमति सुरु हुन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति बन्छ ।

सहमति एक निरन्तर क्रम पनि हो
सहमति एक निरन्तर भ्रम पनि हो !

सहमति
सरकार बनाउन चाहिन्छ
सरकार बचाउन चाहिन्छ
सरकार गिराउन चाहिन्छ
देश टुक्र्याउन पनि सहमति चाहिन्छ  ।

सहमति
चोरचोरबीच हुन्छ
साधुसाधुबीच हुन्छ
सहमति चोर र साधुबीच पनि हुन्छ

सहमति
नेतानेताबीच हुन्छ
वेश्यावेश्याबीच हुन्छ
महात्मामहात्माबीच हुन्छ
सहमति नेतावेश्या र महात्माबीच पनि हुन्छ  !

चलेको छ
संसारसमय र मान्छे
पेशासँस्कार र सहवास
सबै सहमतिमा !

Comments