कुरुप मनको सुन्दर तस्वीर

प्रिय कवि, 
छातीमा हात राख
आँखा चिम्ल
मस्तिष्क हैन
आत्मालाई सोध
र एउटा कविता लेख ।

मलाई विश्वास छ–
त्यो अझ सुन्दर हुनेछ ।

कविताका शब्दशब्दमा–
तिम्रो कुरुप मनको
सुन्दर तस्वीर कोरिने छ ।

मूर्ख प्लेटोहरु फेरि गर्जिने छन्–
“आदर्श गणराज्यबाट कविहरुलाई निकाल्नु पर्छ”
गर्जिन देऊ–
संसारमा अब आदर्शका लासमात्र छन् ।

संसार–
तिमी जस्तै छ
तिम्रो ख्याति झन् बढ्ने छ ।

Comments