ईश्वरको धर्म !

 



निराकार छ,
निराकार नै ईश्वरको आकार हो !

मौन छ,
मौनता नै ईश्वरको भाषा हो !

आँखा चिम्लेको छ,
ईश्वर निदाएको हैन
यो संसार हेर्न नसकेर डराएको हो !

तिमी, यो संसार हेरेर रमाइरहेका छौ
ईश्वर, यही संसार देखेर डराइरहेको छ !

निराकार आकारमा मौन ईश्वर,
आँखा चिम्लेर
सधैं आफ्नो धर्म निभाइरहेको छ !

nepa-laya,Nov 04, 2023


Comments