किताब बेचेर .

 अमेरिकाका ‘धनी’ लेखक

 सन्तोष रिमाल  बाह्रखरी  बिहीबार, जेठ २५, २०७४
बोस्टन, अमेरिका । ‘अमेरिकामा घागीले १२ सय पचास डलर कमाएछ । त्यसमा त्यति नै थपेर महावीर पुनलाई पठाउन मनलाग्यो, कसो होला ?’

लेखक शिव प्रकाशले शनिबार सबेरै आफ्नो चाहनामा सही मागे । ‘समर’को संकेत फिंजाउँदै सूर्यको प्रकाश विहानै रापिएको थियो । शिव प्रकाश उसै पुलकित थिए, एक आविस्कारकको होस्टेमा हैंसे गर्न तम्सिँदा । 

‘तपाईंसँग कति पैसा छ हो ?’ उनको चाहनामा सही थाप्नु अघि प्रश्न गरें । किनभने आर्थिक सहयोगको मामिलामा उनी अग्रसर देखिन्छन् ।  

‘भएको कुरा दिनु त के सहयोग भयो र ? मसँग पैसा छैन, नभएको चिज दिन पो आनन्द आउँछ,’ कथा स्टाइलमा ‘कोट’ दिए उनले । 

हालै उनी सहित दिनेश कार्की र मनोज अधिकारीले ‘सामुदायिक पत्रकारिता पुरस्कार’ स्वरुप ११ सय डलर पाएका थिए, चितवनको ‘सानो घर’लाई दिए । त्यसअघि धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको मुसहर बस्तीका लागि चन्दा उठाउन शिव प्रकाश लगायत केही लागि परे र करिव १४ हजार डलर जुटाए । भूकम्प पीडितका लागि उनले बेलाबेला सहयोग पठाइरहे । यसपालि महावीर पुनको अठोटमा सरकारले साथ नदिएको देखेर उनी रन्किए ।

‘सरकार आसेपासेलाई पदक बाँड्दै मख्ख छ, देश बनाउँछु भन्ने महावीर पुन पदक बेच्न बाध्य छन् । यस्तो अवश्था देख्दा सकस भएर आउँछ, राजनीतिक नेतृत्व र सरकारलाई धिक्कार्न मन लाग्छ,’ उनी भन्छन् । खासमा शिव प्रकाश अमेरिकाका धनाढ्य नेपाली होइनन् । उनको एउटा सानो पसल छ । उनी र उनकी श्रीमति ज्योत्सना त्यहीं काम गर्छन् । 

‘काम गर्नुहुन्छ पनि के भन्नु, पसलमा आएर लेख्ने काम गर्नुहुन्छ,’ उनको कामप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्छिन् ज्योत्सना । 
उसो त उनको कार्यशैलीको किस्सा चर्चित छ ।

उनी लेखिरहेको बेला प¥यो भने ग्राहकले कुर्नुपर्छ । नियमित ग्राहक त चुपचाप कुर्छन् । कसैले हतार ग¥यो भने उनी मुख तिर पनि नहेरी भन्छन्,‘होल्ड अन माइ फ्रेन्ड ।’ 

लेख्न लागेको बाक्य पुरा गरेर डिक दिएपछि मात्र उनी सोध्छन्,‘हाउ क्यान आइ हेल्प यु ?’
यस्ता व्यापारी हुन् शिव प्रकाश ।

उनी व्यापारी त हुँदै होइनन् । लेखक हुनका लागि उनी व्यापार पनि गर्छन् भन्दा ठिक होला । 

‘क्लब, बार, समर भ्याकेसन आदिमा पैसा खर्च गरेर आनन्द लिनु आम चलन हो । तर, आनन्द लिने पनि तरिका हुन्छ । मलाई आनन्दकालागि ती ठाउँ जान पर्दैन,’ अनि बचत भएको पैसाले यस्तै ‘महावीर’हरुको होस्टेमा हैंसे गर्न तम्सिन्छन् । 
https://baahrakhari.com/detail/27781 
+++++


समभोक उपन्यास बिक्रीबाट प्राप्त भएको दुई लाख रुपैयाँ असहाय तथा बालबालिकाका लागि सहयोग
देशसंचार, असोज १७, २०८०

काठमाडौं- लेखक शिव प्रकाशले आफ्नो उपन्यास ‘समभाेक’को बिक्रीबाट प्राप्त भएकाे दुई लाख रुपैयाँ दुई सामाजिक संस्थालाई प्रदान गर्ने भएका छन्। 
उनले चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था ‘सानो घर’ र काठमाडौंस्थित रक्षा नेपाललाई दिने एक-एक लाख दिने भएका हुन्।
यसअघि लेखक शिव प्रकाशले महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई दुई लाख ५७ हजार सहयोग गरेका थिए। उक्त रकम घागी कथा संग्रह बिक्रीबाट प्राप्त भएको थियो।
मोरङ घर भइ हाल अमेरिका बस्दै आएका लेखकका समभाेगबाहेक दुई हास्यव्यंग्य कविता संग्रह, दुई कथा संग्रह, केही हास्यव्यंग्य निबन्ध प्रकाशित भइसकेका छन्।
https://deshsanchar.com/2023/10/04/846092/?fbclid=IwZXh0bgNhZW0CMTEAAR2a5wast0UMaywYCegRbByQFq7hd-RktUtiF7EKjwhvFLX81fAkx5R6QKY_aem_-iJIWkfptrg8N-9BDkqRyA
+++++

‘समभोक’ उपन्यास बिक्रीको २ लाख रुपैयाँ असहाय बालबालिकालाई

अनलाइन खबर २०८० असोज १७ गते १२:२१



काठमाडौं । शिव प्रकाशद्वारा लिखित ‘समभोक’ उपन्यास बिक्रीबाट प्राप्त दुई लाख रुपैयाँ बालबालिकाको क्षेत्रमा काम गर्ने दुई संस्थालाई प्रदान गरिने भएको छ ।

उक्त रकम चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर र काठमाडौंस्थित रक्षा नेपाललाई सहयोग स्वरुप प्रदान गरिने लेखक शिव प्रकाशले घोषणा गरेका हुन् ।

यसअघि लेखक प्रकाशले आफ्नो ‘घागी’ कथा संग्रह बिक्रीबाट आएको दुई लाख ७५ हजार रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका थिए ।

लेखक शिव प्रकाशका हालसम्म ६ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । ‘समभोक’ उनको पहिलो उपन्यास हो । उनी हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका छन् ।
https://www.onlinekhabar.com/2023/10/1375740 
+++++

पुस्तक बिक्रीबाट उठेको रकम असहायका लागि प्रदान गरिने

कृष्णराज खनाल, गोरखापत्र, १७ असोज २०८०, बुधबार

अमेरिका, असोज १७ गते । बाेस्टनलाई कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आउनुभएका लेखक तथा साहित्यकार शिव प्रकाशले असहाय तथा बालबालिकाका लागि रु. दुई लाख सहयोग गर्नुहुने भएको छ ।
उपन्यासकार शिव प्रकाशले केही महिना अघि प्रकाशित उपन्यास समभोकको बिक्रीबाट प्राप्त भएको रकम दुई वटा सामाजिक संस्थालाई प्रदान गर्न लाग्नुभएको हो । प्राप्त रकम उहाँले चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर (सञ्चालिका विमला श्रेष्ठ) र काठमाडौँस्थित रक्षा नेपाल (सञ्चालिका मेनुका थापा) लाई प्रदान गर्न लाग्नुभएको हो ।
उपन्यासकार शिव प्रकाशले उपन्यासको बिक्रीबाट प्राप्त भएको सबै रकम असहाय बालबालिकाका लागि प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै उपन्यास किनेर सहयोग गर्ने सबै पाठकलाई धन्यवाद पनि दिनुभयो ।
सुन्दर हरैँचा, मोरङमा जन्मेर करिब २४ वर्षदेखि अमेरिकाको बाेस्टनमा रहँदै आउनुभएका आधा दर्जन पुस्तकाकार कृतिका लेखक शिवप्रकाशले करिब चार वर्ष अघि लेख्नुभएको कथासङ्ग्रह घागी को बिक्रीबाट प्राप्त भएको रु. दुई लाख ५७ हजार रुपियाँ महावीर पुनले सञ्चालन गर्नुभएको आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको थियो ।
https://gorkhapatraonline.com/news/80644?fbclid=IwZXh0bgNhZW0CMTEAAR01_atF9xNS6NWG55o_EqGSSYJndDnsW89eG2Gk_N_g3aW_pmWjEIUV4ng_aem_09xDMHOM_zpWaFZrGS0oww 
+++++

किताब बिक्रीको दुई लाख असहाय बालबालिकालाई सहयोग

सेतोपाटी काठमाडौं, असोज १८

'समभोक' उपन्यास बिक्रीबाट प्राप्त भएको रकम असहाय तथा बालबालिका लागि सहयोग गरिने भएको छ।
उपन्यासका लेखक शिव प्रकाशले प्राप्त रकम दुई सामाजिक संस्थालाई प्रदान गरिने बताए। चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर र काठमाडौंस्थित रक्षा नेपाललाई दुई लाख रुपैयाँ सहयोग गर्ने उनले बताए। 
यसअघि महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई दुई लाख ५७ हजार सहयोग गरिएको  थियो। उक्त रकम घागी कथा संग्रह बिक्रीबाट प्राप्त भएको उनले जनाए।
https://www.setopati.com/art/book/313257 
+++++

अमेरिकामा किताब बिक्रीको रकम महावीर पुनको आविष्कार केन्द्रलाई
नागरिक २२ जेष्ठ २०७४


बोस्टन –अमेरिकाबासी लेखक शिव प्रकाशले आफ्नो ‘घागी’ पुस्तक बिक्रीबाट संकलन भएको रकममा त्यति नै बराबरको रकम थप गरेर कूल २ हजार ५ सय डलर (करिब २ लाख ५७ हजार रुपैयाँ) महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन्।

अमेरिकाबासी लेखक शिव प्रकाशले आफ्नो ‘घागी’ पुस्तक बिक्रीबाट संकलन भएको रकममा त्यति नै बराबरको रकम थप गरेर कूल २ हजार ५ सय डलर (करिब २ लाख ५७ हजार रुपैयाँ) महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन्।

अमेरिकामा घागी पुस्तक बिक्रीबाट करिब १ हजार २ सय अमेरिकी डलर संकलन भएको थियो। सो रकममा लेखक शिव प्रकाश र उनकी पत्नी जोत्सना पौडेलले १ हजार ३ सय डलर थप गरी एकमुष्ट २ हजार ५ सय डलर केन्द्र स्थापनाको हस्तान्तरण गरेका हुन्।

‘दक्षिण एसियाको म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनले राष्ट्रिय अविष्कार केन्द्र विस्तार गर्न रकम जुटाइरहेको अवस्थामा पुस्तक बिक्रीबाट संकलित रकम प्रदान गरेको हुँ,’ लेखक शिवप्रकाशले भने, ‘महावीर पुनजस्ता देशका निधिले पदक बेच्ने अवस्थाआउनु दूर्भाग्यपूर्ण कुरा हो।’ पुनले पाएको म्यागासेसे पुरस्कार राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न बिक्रीमा छ।

नेपाल र नेपाली समुदायका विसंगतिप्रति तीखो कलम चलाउने शिव प्रकाशले नेपालका विभिन्न परोपकारी अभियानमा करिब २५ लाख रुपैयाँ सहयोग गरिसेकेका छन्। उनी अमेरिकाको बोस्टनमा बसोबास गर्छन्।

+++++

शिव प्रकाशद्वारा अमेरिकामा किताब बेचेर महावीर पुनलाई २ लाख पचास हजारभन्दा बढी सहयोग

सेतोपाटी संवाददाता डिसी, जेठ २२, २०७४


लेखक तथा पत्रकार शिव प्रकाशले महावीर पुनको नेपाल आविस्कार केन्द्रलाई २ लाख  ५७ हजार रूपैयाँ सहयोग गरेका छन्अ

अमेरिकामा बस्दै आएका पत्रकार शिवप्रकाशले आफ्नो पुस्तक 'घागी'को अमेरिका बिक्रीबाट आएको रकममा त्यतीनै रकम थपि आविस्कार केन्द्रलाई सहयोग गरेका हुन्।

‘महावीर पुनजस्ता देशका निधिले आफ्नै देशका लागि केही गर्छु भन्दा पदक बेच्ने अवस्था आउनु दूर्भाग्यपूर्ण छ। धिक्कार भन्छु, राजनीतिक नेतृत्व र सरकारलाई,’ शिवप्रकाशले सेतोपाटीसँग भने, ‘किताब विक्रीबाट आएको पैसा परोपकारी काममा लगाउने भनेको थिएँ।  लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने छु ।’

साँग्रिला बुक्सले प्रकाशनमा ल्याएको उक्त पुस्तक बिक्रीबाट अमेरिकामा करिब १२ सय डलर  जम्मा भएको थियो त्यसमा लेखक र श्रीमती जोत्सना पौड्यालका तर्फबाट १३ सय थप गरी २५ सय डलर प्रदान गरिएको हो।

परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा आफूलाई सन्तोष हुने शिवप्रकाशले बताए। ‘समाजसेवा परिभाषा ज्यादै सरल छ, समाजप्रतिको इमान्दारिता नै सच्चा समाजसेवा हो,’ उनी भन्छन्।

लेखकले हरिवंश आचार्य जस्तो व्यक्तिले पुस्तक बेच्दै हिड्नु हाँस्यास्पद भएको प्रतिक्रिया दिएका छन्। ‘देशविदेशमा रहेका नेपालीले हरिवंश आचार्यलाई पैसा, पदक, मान–सम्मान सबै दिएका थिए। देशका बेकामे बनेका नेताले जनतालाई नारा बेचेजस्तो गरी किताब बेच्नु राम्रो होइन।’

यसैबीच बोस्टनस्थित जयंतु संस्कृतम्, अमेरिकाले पनि नेपाल आविस्कार केन्द्रलाई सहयोग गर्ने भएको छ।  संस्थाका अभियन्ता तथा लेखक रमेश शर्माका अनुसार संस्थाले पनि आविस्कार केन्द्रलाई केही रकम सहयोग गर्ने बताए।

समाजमा उब्जेको फोहर बोकेर हिड्ने हैन त्यो फोहरलाई बढारेर फ्याक्न सक्नु नै सच्चा समाजसेवा भएको शिव प्रकाशले बताए।

सेतोपाटी  
+++++

पुस्तक बेचेर महावीर पुनलाई २ लाख ५० हजार को सहयोग

रातोपाटी मङ्गलबार, २३ जेठ २०७४, ०९ : ४६

अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई आफुले लेखेको पुस्तक बेचेर आएको रकमबाट आर्थिक सहयोग गरेका छन् ।

उनले पुनलाई २ लाख ५७ हजार को आर्थिक सहयोग गरेका छन् । उनको घागी नामक पुस्तक तथा प्रकाशक साँग्रिला बुक्स रहेको उक्त पुस्तकबाट आएको कमाईबाट थपथाप गरेर पुनलाई उक्त रकम पठाएको बताएका छन् ।

अमेरिकामा करिब १२ सय ५० डलर पुस्तकबाट आएकोमा स्वयम् लेखक तथा उनकी जीवन संगिनी जोत्सना पौड्यालको तर्फबाट त्यति नै रकम थप गरी २५ सय डलर बनाएर नेपालको राष्ट्र बैंकको दरभाउ अनुसार २ लाख ५७ हजार रुपैंया आविष्कार केन्द्रको खातामा जम्मा गरि दिएका छन् । उनले पाटन स्थित हिमालय बैंक लिमिटेड बाट जेष्ठ २२ गते उक्त रकम पठाएका हुन् ।

लेखक शिव प्रकाशले किताव विक्रीबाट आएको पैसा परोपकारी काममा लगाउने भनि पूर्व घोषणा गरेका थिए । यसको साथै लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने प्रतिबद्धता समेत गरेका छन् ।

उनले सामाजिक अभियन्ता महाविर पुनलाई सहयोग गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्दै परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरेका छन् ।
https://www.ratopati.com/story/337798 
+++++

किताब बेचेर महावीर पुनलाई २ लाख ५० हजार सहयोग

अनलाइन खबर २०७४ जेठ २३ गते ८:१९

अमेरिका । अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले आफ्नो पुस्तक बिक्रीबाट उठेको रकम नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई सहयोग गरेका छन् ।
उनले पुनलाई २ लाख ५७ हजार को आर्थिक सहयोग गरेका हुन् । प्रकाशले सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको घागी नामक पुस्तकको कमाईमा केही रकम थपेर सहयोग गरेको बताए ।
घागी पुस्तक बिक्रीको करिब १२ सय ५० डलरमा प्रकाश र उनकी श्रीमती जोत्सना पौड्यालले त्यति नै रकम थप गरी २५ सय डलर बनाएर नेपाल राष्ट्र बैंकको दरभाउ अनुसार २ लाख ५७ हजार रुपैंया आविष्कार केन्द्रको खातामा जम्मा गरि दिएका छन् । उनले पाटन स्थित हिमालय बैंक लिमिटेड बाट जेष्ठ २२ गते उक्त रकम पठाएका हुन् ।
लेखक शिव प्रकाशले किताब बिक्रीबाट उठेको रकम परोपकारी काममा लगाउने घोषणा यसअघि नै गरेका थिए । यसको साथै लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
उनले सामाजिक अभियन्ता महाविर पुनलाई सहयोग गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्दै परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा सन्तोष लागेको बताए । 
यसअघि उनीलगायत अमेरिकामा रहेका नेपालीहरुको पहलमा ‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रम आयोजना गरी झन्डै १४ लाख रुपियाँ सहयोग गरेका थिए ।
उनले महाविर पुनजस्ता देशका निधिले आफ्नै देशका लागि केही गर्छु भन्दा पदक बेच्ने अवस्था आउनु दूर्भाग्यपूर्ण भन्दै राजनीतिक नेतृत्व र सरकारलाई उपेक्षा नगर्न आग्रह गरेका छन् ।
https://www.onlinekhabar.com/2017/06/594507 
+++++

अमेरिका निवासी लेखक शिव प्रकाशद्वारा पुस्तक बेचेर महावीर पुनलाई २ लाख ५० हजारको सहयोग 

बिआरटी नेपाल २०७४ जेठ २३ गते 

अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई आफुले लेखेको पुस्तक बाट आएको आय आर्जन रकम बाट आर्थिक सहयोग गरेका छन् l
उनले पुनलाई २ लाख ५७ हजार को आर्थिक सहयोग गरेका छन् l उनको घागी नामक पुस्तक तथा प्रकाशक साँग्रिला बुक्स रहेको उक्त पुस्तक बाट आएको कमाई बाट थपथाप गरेर पुन लाई उक्त रकम पठाएको बताएका छन् l
अमेरिकामा करिब १२ सय ५० डलर घागी पुस्तकबाट आएकोमा स्वयम् लेखक तथा उनकी जीवन संगिनी जोत्सना पौड्यालका तर्फबाट त्यति नै रकम थप गरी २५ सय डलर बनाएर नेपालको राष्ट्र बैंक को दरभाउ अनुसार २ लाख ५७ हजार रुपैंया आविष्कार केन्द्रको खातामा जम्मा गरि दिएका छन् l उनले पाटन स्थित हिमालय बैंक लिमिटेडबाट जेष्ठ २२ गते उक्त रकम पठाएका हुन् l 
लेखक शिव प्रकाशले किताव विक्रीबाट आएको पैसा परोपकारी काममा लगाउने भनि पूर्व घोषणा गरेका थिए l यसको साथै लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने प्रतिबद्धता समेत गरेका छन् l 
उनले सामाजिक अभियन्ता महाविर पुनलाई सहयोग गर्न अपाउनु आफ्नो अहोभाग्य हो भन्दै परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरेका छन् l 
अमेरिकामा रहेता पनि लेखक शिव प्रकाशले बिगतमा डा. गोविन्द केसीको अभियानलाई सशक्त रुपमा आवाज उठाउनको साथै अन्य राज्यहरुमा समेत समन्वय गरि अहम भूमिका निर्वाह गरि सहयोग पुर्याएका थिए l 
यसै गरि उनि लगायत केहि साथीभाईको पहलमा उनले कुनै पनि संघ तथा संगठनलाई संलग्न नगरी एक आपसमा भेला भएर  ‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रम आयोजना गरि झन्डै १४ लाख रुपियाँ सहयोग गरेका थिए l 
उनले महाविर पुनजस्ता देशका निधिले आफ्नै देशका लागि केही गर्छु भन्दा पदक बेच्ने अवस्था आउनु दूर्भाग्यपूर्ण भन्दै राजनीतिक नेतृत्व र सरकारलाई धिक्कारेका छन् l 
उनले डा केसी तथा डा महाबिर पुन जस्ता सुपात्रहरु कपटी राज्यबाट बारम्बार उपेक्षित हुनु देशको अर्को दूर्भाग्य हो भन्दै  परदेशमा बस्नेले देशका यस्ता निधिहरुलाई सहयोग गरौं र बचाऔं भन्दै  संदेश दिएका छन्  ।
https://www.brtnepal.com/2017/06/06/18628.html



Comments