शासक हौ तिमी !

गाँस माँगे
पेट भर्न
गोली दियौ 

कपास माँगे
शरीर ढाक्न
नेल दियौ

छानो माँगे
टाउको ओत्न
जेल दियौ

अधिकार माँगे
स्वतन्त्र वाँच्न
मृत्यु दियौ

हो मैले सुनेको
तिमी यस्तै हुन्छौ
किनभने
तिमी शासक हौ !

Comments

Popular Post