बुद्धिको विस्खलन
"पूर्वीय दर्शन ज्ञानमीमांसाले देखाएको बाटो हो– बुद्धिवाद । व्याख्या र उपयोग पश्चिमाहरूले गरे । हामी बुद्धि विस्खलनको पाषाणयुगमा फर्किंदै छौं ।" ***** मान्छेको मस्तिष्क नै मान्छे हो– जे सोच्छ त्यही बन्छ । बुद्धको ‘माइन्डफुलनेस’ को निचोड ! पालि भाषाको ‘सम्मासती’ अष्टाङ्गमार्गभित्रको उज्यालो उन्मुख एकमार्ग हो– माइन्डफुलनेस । बुद्धि प्राप्त गरेपछि मात्र बुद्ध ज्ञानको खोजीमा निस्किएका थिए । बुद्धले त्यो बुद्धि कहाँबाट प्राप्त गरे ? एकै थिए— श्रीकृष्ण र सौम्य, दुवै सारथि । फरक थिए— समय र सवारपात्र, अर्जुन र बुद्ध । श्रीकृष्ण नै हुन् कारयताका काढा उम्रिएको अर्जुनको मस्तिष्कपटमा बुद्धिको बीउ छर्ने । महाभारत जित्ने र जिताउने । सौम्य नै हुन् सिद्धार्थलाई बुद्ध बनाउने र बुद्धलाई बुद्धि दिने पहिलो गुरु । दरबारका राजकुमारलाई रथमा राखेर जन्म, दुःख र मृत्युको दर्शन गराउने आर्य सत्यका आचार्य । चाँण, चन्ना र छन्दक पनि उनै हुन् । सिद्धार्थ पनि शासक थिए— शक्तिशाली शाक्य गणराज्यका राजकुमार । धेरै शासकजस्तै उनी पनि बुद्धि–विमुख हुन्थे भने सौम्यको बुद्धिको बीउ उनका लागि अपमान हुन्थ्