न ज्ञान, न विज्ञान !
'वैज्ञानिकहरू आध्यात्मिक र धार्मिक हुन्छन् । अध्यात्म र धर्म भनेको घन्टी बजाउनु र भजन गाउनु हैन । विज्ञानलाई फिलोसफी नै भनिन्थ्यो, नेचुरल फिलोसफी । अध्यात्मकै एउटा ‘टर्म’ हो, दर्शन अर्थात् फिलोसफी । त्यसैलाई तत्त्वज्ञानका रूपमा बुझिन्छ ।'
*****
विडम्बना ! सुन्ने र मनन गर्ने संस्कृति हामीमा छैन । हाम्रो समाजमा छैन । हाम्रो ‘ननसेन्स’ समाजले जन्माएको ‘सेन्सलेस’ नेतृत्वमा झन् छँदै छैन । वस्तुतः नेतृत्व, आकाशबाट झर्दैन( । देवदूत बनेर आउँदैन । हरेक समाजले आफ्नो योग्यता र हैसियतअनुसारको नेतृत्व जन्माउँछ । हाम्रो समाजले आफ्नै योग्यताअनुसारको नेतृत्व पाएको छ ।
हामी अंग्रेजीलाई भाषा मान्छौ तर संस्कृतप्रति हेयभाव राख्छौं ! अंग्रेजीमा प्रवृत्त भयौं, जरुरी पनि छ । तर, संस्कृतलाई प्रवृत्ति बनाउन सकेनौं । अन्ततः ‘मेन्युअल’ विहीन भयो नेपाली समाज ।
अंग्रेजी विज्ञापनको भाषा हो तर संस्कृत ज्ञानको भाषा हो, बुद्धिको भाषा हो, चेतनाको भाषा हो । अंग्रेजी आफूलाई बेच्ने भाषा हो, संस्कृत आफूलाई चिन्ने भाषा हो । हामीले सोचेनौं, खोजेनौ, बुझेनौ ।
वास्तवमा हामी सोच्दैनौं, खोज्दैनौं, बुझ्दैनौं तर पनि सबै जान्ने भएका छौं । त्यसैले हामी केही नबुझी सबै जान्ने र केही नजानी सबै बुझ्ने भएका छौं । गीताको किताब घरमा पूजा गरेर राख्छौं तर त्यही गीताको भाषा संस्कृतलाई ‘टपरे भाषा’ भन्छौं । हेला गर्छौं । कहिल्यै पढ्दैनौं ।
यद्यपि संस्कृत नै पढ्नुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ भन्ने पनि छैन । जान्दा र बुझ्दा झन् राम्रो । तर, संस्कृतको ज्ञान(–दर्शन जनुसुकै भाषामा पढ्न सकिन्छ । उल्था गरिएका किताब नेपाली र अंग्रेजीमा प्रशस्त छन् ।
पुराना ज्ञानसँग नयाँ विज्ञानको के सम्बन्ध छ ? १९ औं शताब्दीको सुरुआतसँगै यो प्रश्नले संसारका बौद्विक मस्तिष्कलाई गिजोल्न थाल्यो । फिलोसफीमाथि ‘रिलिजन एन्ड साइस’ थपियो । युरोपका युनिभर्सिटीमा अध्ययन र अध्यापन पनि थालियो । विषयले झन् व्यापकता त्यतिबेला पायो, जतिबेला अल्बर्ट आइन्स्टाइनले ऐलान गरे, ‘धर्मबिनाको विज्ञान लंगडो छ ! विज्ञानबिनाको धर्म अन्धो छ ।’
प्राचीन पूर्वको वैदिक ज्ञान, संसारको बौद्विक बजारमा ‘संस्कृत फिलोसफी’ का नाउँले पनि चिनिन्छ ।
ज्ञान–दर्शन र विज्ञानको स्रोतमा एउटा बौद्विक बाझाबाझ चलिरहेको थियो । त्योसँगै दोस्रो विश्वयुद्ध पनि । अमेरिकाले भित्रभित्रै डरलाग्दो मिसन चलाइरहेको थियो । हिट्लर साम्राज्य जर्मनीसँग मिलेको जापानलाई थेग्ने शक्तिको खोजी गर्दै थियो, अमेरिका । त्यो मिसन थियो, ‘द मेन्ह्याटन प्रोजेक्ट ।’ मिसन सफल भयो— संसार विनाशक अस्त्र, एटम बम बन्यो !
त्यो अस्त्र अगस्ट ६, १९४५ मा जापानको हिरोसिमा खस्यो । तीन दिनपछि नागासाकीमा । जापान आत्मसमर्पण गर्न बाध्य भयो । दोस्रो विश्वयुद्ध समाप्त भएको घोषणा भयो ।
एउटा वैज्ञानिकको खोजको गहिराइ, सोचको गहनता र चिन्तनको आयतन कति विशाल छ ?
ओपनहावरले दुःसाध्यलाई कसरी उल्टाएर साध्य बनाए ? दुःसाहसलाई साहसमा कसरी उल्था गरे ? के थियो यसको सूत्र ? किन त्यतिबेला उनले गीताको त्यो श्लोक सम्झिए ? किन जोडे त्यहाँ महाभारत र गीता ? ती महान् वैज्ञानिक, जसले संसार दग्ध गर्ने सामर्थ्य प्राप्त गरे— अर्जुन र कर्णजस्तै ! श्रीकृष्णको उद्घोषकै उच्चारण किन गरे ? के यी प्रश्नले अर्को एउटा मूल प्रश्न जन्माउँदैन— के यी सबै प्रश्न वैदिक–ज्ञान र विज्ञानको सम्बन्धको सेतु बन्न सक्दैनन् ?
अनुमान लगाउनु, प्रस्ट हुनु वा नहुनु स्वयंमा निर्भर हुन्छ । तर के उनको स्वीकारोक्तिले जन्माएका यी प्रश्नले प्रस्ट हुन सहयोग गर्दैन ?
‘एटम बमका पिता’ ओपनहाइमरले गीता(, महाभारत र वेद–उपनिषद् पनि पढेका थिए । उनले ती पूर्वीय दर्शनशास्त्रमा भएका ज्ञानसँगै कृष्ण, कर्ण र अर्जुन पनि पढेको थिए । कर्णको भार्गवास्त्र र अर्जुनको ब्रह्मास्त्र पनि पढेका थिए । प्राचीन पूर्वका बुद्धि र ज्ञानका शास्त्र र सागरभित्र पनि डुबेका थिए । नत्र ती अस्त्रको स्वामी बन्ने थिएनन्, जुन महाभारत कल्पित अर्जुन र कर्णको अस्त्रजस्तै अजेय छन
उस्तै लाग्छ तर बुद्धि र ज्ञानको स्थान आ–आफ्नो ठाउँमा अग्रणी छ । बुद्धिको स्थान ज्ञानले लिन सक्दैन । न ज्ञानको स्थान बुद्धिले लिन सक्छ । सम्बन्ध कुखुरा र अण्डाजस्तै— बुद्धिको बीज ज्ञान हो कि ज्ञानको बीज बुद्धि ? एटम बमका आविष्कारको त्यो ज्ञान र बुद्धिको ‘बीज’ के हो ?
उही ‘द गीता अफ जे रबर्ट अपनहाइमर’ मा एउटा लाईन यस्तो छ, ‘बम बनाउने उनको संकल्पलाई दृढ बनाउन ओपनहाइमले गीताको सहारा लिए ।’ प्रोफेरसर हाजियाको यो लाइनले के संकेत गर्छ ?
वाँण अर्थात् अस्त्रलाई मिसाइल र धनुष अर्थात् शस्त्रलाई लन्चरका विम्बका रूपमा बुझ्न सकिन्छ । विज्ञानले त्यही विम्बज्ञानको प्रयोग गरेन भन्ने ठोकुवा पनि गर्न सकिँदैन ।
स्टिफन थमसन अक्सफोर्ड युनिभर्सिटीका वेदान्त लिट्रेचरका प्रोफेसर हुन् । उनी थप्छन्, ‘उनको कामले बोध गराउँछ, पूर्वीय दर्शनमा ओपनहइमरको रुचि साउन्डबाइटभन्दा धेरै बढी थियो ।’
वैज्ञानिकहरू आध्यात्मिक र धार्मिक हुन्छन् । आध्यात्म र धर्म भनेको घन्टी बजाउनु र भजन गाउनु हैन । विज्ञानलाई फिलोसफी नै भनिन्थ्योरू नेचुरल फिलोसफी । आध्यात्मकै एउटा ‘टर्म’ हो, दर्शन अर्थात् फिलोसफी । त्यसैलाई तत्त्वज्ञानका रूपमा बुझिन्छ ।
ब्रिटिस तत्त्वज्ञानी विलियम ह्विवेल (सन् १७९४–१८६६) हुन् त्यो शब्द ‘क्वाइन’ गर्ने । सन् १८३३ मा जुन शब्दलाई उनले ‘सासन्स’ भन्दिए । त्यसैलाई हामी विज्ञान भन्छौं । ‘विज्ञान’ शब्दको किस्सा रमाइलो छ । उनी शब्दका आविष्कारक पनि थिए र कवि पनि । एक कवि मित्रले नै ह्विहेललाई ‘विज्ञान’ शब्दको आविष्कार गर्न वाध्य बनाए । कवि स्यामुअल टी कुलरिज, जसले ‘नेचुरल फिलोसफी’ को ठाउँमा नयाँ शब्द खोज्न ‘च्यालेन्ज’ गरेका थिए ।
ज्ञानलाई प्रयोग गरियो भने त्यो विज्ञान हुन्छ । सजिलो गरी बुझ्नका लागि विज्ञानले प्रमाण खोज्छ, ज्ञानले तर्क । बुद्धिले तिनलाई अगाडि बढाउँछ ।
विज्ञानका विशेषण हुन् अल्बर्ट आइन्स्टाइन (सन् १८७९–१९५५) । केहीले उनै अमेरिकी वैज्ञानिक ओपनहाइमरलाई देखाए पनि एटम बमका पिताका स्थानमा आइन्स्टाइनलाई नै राखिन्छ । आइन्स्टाइनले आग्रह मात्र गरेनन्, नाजी जर्मनीभन्दा पछि परे अमेरिका ध्वस्त हुन सक्ने चेतावनी पनि दिए । एडल्फ हिटलर पनि आणविक हतियारको खोजीमा जुटेका थिए । शरणार्थी ‘स्ट्याटस’ मा अमेरिकी नागरिक बनेका आइन्सटाइनले चेतावनी नदिएको भए सायद अमेरिका पहिलो ‘एटोमिक पावर’ राष्ट्र हुने थिएन । अमेरिकाको नापनक्सा पनि फरक हुन सक्थ्यो ।
आइन्सटाइन इराकै हुन् ब्रिटिस दर्शनशास्त्री एल्डुस् हस्ली, स्विट्जरल्यान्डका मनोविज्ञ कार्ल युंग, जर्मन कवि हर्मन ह्यास, जर्मनकै मानवतावादी दर्शनशास्त्री अल्बर्ट स्वेचर, नोबेल विजेता अमेरिकी कवि टीए एलिएट र स्वयं ओपनहाइमर । यी सबैले वेद(–उपनिषद् र गीताजस्ता संस्कृत साहित्य(–दर्शनको गहिरो अध्ययन गरेका थिए । प्राचीन पूर्वको जुन ज्ञानले कणकणमा ईश्वरको उपस्थितिलाई दर्साएको छ, आइस्टाइनको खोजले त्यसलाई प्रमाणित मात्र गरेन, त्यो विश्वासमाथि नयाँ विश्वास थपिदियो ।
यहाँनेर आइन्स्टाइनले ईश्वरलाई ‘इनर्जी’ को ‘सिम्बल’ मानेर परमाणुमा शक्ति खोजेको संकेत भेट्न सकिन्छ कि सकिँदैन ? यो प्रश्न गतल हुन सक्छ तर हुँदै होइन भन्ने ठोकुवा झन् गलत हुन सक्छ ।
अथर सोपेनहावरको दर्शनमा विश्वास गर्ने आइन्स्टाइनले यो पनि भनेका छन्, ‘दशर्नज्ञान र विज्ञान एकअर्कामा निर्भर छन् ।’ । गीता र उपनिषद्का उपाशक थिए— प्रसिद्ध जर्मन दर्शनशास्त्री सोपेनहावर । संस्कृत–दर्शन परम्परामा जर्मन बुद्धि विकसित भएको यथार्थसामु त्यही जर्मनीमा जन्मिएका आइन्स्टाइन संस्कृतसँग ज्ञान नजिक थिएनन् भनेर पत्याउन सजिलो छैन ।
तर के थियो त्यो, जुन जानेर सबै कुरा थाहा हुन सक्छ ? वास्तवमा आइन्स्टाइनको खोजको स्रोत र संकेत के थियो ? । विज्नेस इनसाइडरले एउटा प्रश्न उठाउँदै बहस पनि चलाएको छ, ‘किन महाभारत र वेदले आज पनि आधुनिक हतियार र युद्धविज्ञानलाई प्रभावित पार्छन् ?’
एटम अर्थात् कण, अणु–परामणु अथवा विन्दुको पनि विन्दु । जुन अणु–परमाणुमा आइन्स्टाइनले ‘इनर्जी’ भेटे, त्यही अणु–परमाणुदेखि ब्रह्माण्ड र ब्रह्मसम्मका कुरा प्राचीन पूर्वका दर्शनशास्त्रमा किन लेखियो ? पूर्वका पुराना ज्ञानले आधुनिक विज्ञानको आविष्कारलाई संकेत गर्छ कि गर्दैन ?
महाभारतको वाई–प्रडक्ट हो गीता । महाभारत मिथ हो भन्ने कुरामा अझै मलाई विश्वास छ । तर, महाभारत र गीतामा कुँदिएका दर्शन–ज्ञान–विज्ञान–बुद्धि र विवेकको खोपीबाट म आफूलाई बाहिर निकाल्न सक्दिनँ । जसरी क्वान्टम सिद्धान्तका एक सिद्धान्तकार अर्विन स्रोडिन्जर सक्दैनन् ।
द न्युयोर्क टाइम्स (७ जनवरी १९९०) ले क्वान्टम मेकानिक्स शीर्षकमा लेखेको छ– अर्विन स्रोडिन्जरको जीवनमा दुई प्रमुख स्थिर विचार थिए— वेदान्त र यौनको पूर्वीय दर्शन । द टेलिग्राफले पनि उनका शब्दलाई न्यारेट गरेको छ, ‘वैदिक दर्शनले ऊर्जाको रूपमा रेहको पदार्थको पहिचान गरेको छ ।’ नोबेल विजेता यी अस्ट्रियन भौतिक विज्ञानी पनि अथर सोपेनहावरका सच्चा प्रशंसक थिए ।
Comments
Post a Comment
धन्यवाद यहाँलाई ।